विदेश जाने जनप्रतिनिधि र कर्मचारीको विवरण खोजिँदै

सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण सम्बन्धी विवरण संकलन गर्न शुरु गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै विवरण मागेको हो । स्थानीय तहको दोस्रो निर्वाचन भई पदाधिकारहरुले पदभार सम्हालेको मितिदेखि हालसम्म त्यहाँका पदाधिकारी तथा कर्मचारीहरुको विदेश भ्रमणको विवरण मन्त्रालयको इमेलमा आगामी असार ६ गतेभित्र पठाउन भनिएको छ ।
विवरणमा भ्रमण गरेको देश र शहरको नाम, अवधि, उद्धेश्य, आयोजक, मनोनयन भएको पदाधिकारी तथा निकाय र खर्च व्यहोर्ने स्रोतलगायत उल्लेख गरिनुपर्ने छ ।
टिप्पणीहरू