क्याबिनेट बैठकअघि बालुवाटारमा अनेक सल्लाह

क्याबिनेट बैठकअघि बालुवाटारमा अनेक सल्लाह

प्रधानमन्त्री केपी शर्मा ओलीले आजलाई मन्त्रिपरिषद् बैठक राख्नुभएको छ । आजचाहिँ बालुवाटार नभई दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।

बिहान पौने १० बजे निजी चिकित्सक डा. दिव्या शाहसँग र लगत्तै मुख्यसचिव एकनारायण अर्यालसँग प्रधानमन्त्रीले भेटेर केही कुराको बृफिङ्ग लिनुभएको छ । 

११ बजे प्रधानमन्त्री ओलीसँग भेटघाटका लागि प्रतिनिधिसभाको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु बालुवाटार पुग्दैछन् । दिउँसो ३ बजे सिंहदरबारमा मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीलाई समय दिइएको छ । 

चिकित्सकहरुसँगको भेटपछि दिउँसो साढे ३ बजे माननीय सीता गुरुङ र ४ बजेपछि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।

टिप्पणीहरू