बीमितको सेवासुविधा लागू हुने समय छोट्याइँदै

बीमितको सेवासुविधा लागू हुने समय छोट्याइँदै

स्वास्थ्य बीमा बोर्डले बीमितका लागि सेवासुविधा लागू हुने समय छोट्याउने भएको छ । स्वास्थ्य बीमा नियमावली, २०७५ (पहिलो संशोधन,२०८२) अनुसार बीमित जुन महिना बीमामा दर्ता भएको हो सो महिनालाई पहिलो महिना मानेर त्यसपछिको तेस्रो महिनाको पहिलो दिनदेखि सेवासुविधा उपलब्ध गराइनेछ । 

बोर्डद्वरा जारी सूचनामा उल्लेख छ, ‘स्वास्थ्य बीमाको सेवासुविधा लागू हुने समय छोट्याउन स्वास्थ्य बीमा नियमावली, २०७५ (पहिलो संशोधन,२०८२) अनुसार बीमित जुन महिना बीमामा दर्ता भएको हो सो महिनालाई पहिलो मानी सोपश्चात्को तेस्रो महिनाको १ गतेदेखि बीमितको बीमा सेवासुविधा लागू हुने व्यवस्था मिति २०८२ साउन १ गतेबाट कार्यान्वयनमा आउने जानकारी गराइन्छ ।’

टिप्पणीहरू