स्पेनलाई हराउँदै इंग्ल्याण्ड महिला युरो कप च्याम्पियन

स्पेनलाई हराउँदै इंग्ल्याण्ड महिला युरो कप च्याम्पियन

एजेन्सी । युईएफए महिला युरोकपको उपाधि इंग्ल्याण्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले हराउँदै इंग्ल्याण्डले उपाधि जितेको हो ।

सेन्ट जाकोब-पार्कमा भएको खेलको निर्धारत र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टी सुटआउटमा इंग्ल्याण्डको लागि च्लोई केली, निमाह चार्ल्स र एलेक्स ग्रिनवुडले गोल गर्दा बेथ मेड र लि विलियम्सन गोल गर्न असफल भए । स्पेनको लागि प्याट्रिसिया गुजारोले गोल गर्दा अन्य खेलाडीले गोल गर्न सकेनन् । 

यसअघि खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनले उपाधि इंग्ल्याण्डलाई सुम्पिन पुगेको हो । पहिलो हाफको २५ औँ मिनेटमा मारियोना काल्डेन्टीले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ५७ औँ मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्याण्डलाई १-१ गोलको बराबरीमा ल्याइन् । बाँकी निर्धारित समय र ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । 

जितसँगै इंग्ल्याण्डले लगातार दोस्रोपटक उपाधि आफ्नो पक्षमा पारेको हो । यसअअघि सन् २०२२ मा भएको फाइनल खेलमा जर्मनीलाई २-१ गोलले हराउँदै इंग्ल्याण्डले पहिलोपटक उपाधि जितेको थियो ।
 

टिप्पणीहरू