मानव जीवनमाथि नोभा जेनेटिकाकाे गम्भीर खेलबाड
धादिङस्थित नोभा जेनेटिकाद्वारा उत्पादित क्लेरिथ्रोमाइसिन ट्याब्लेटमा न्यून गुणस्तर भेटिएपछि औषधि व्यवस्था विभागले त्यसमा प्रतिबन्ध लगाएको छ।
ब्याच नम्बर HL 5–77 रहेको उक्त औषधि बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएको विभागको निष्कर्ष छ। औषधि ऐन, २०३५ को दफा १४ अनुसार त्यसको उत्पादन, बिक्री र वितरणमा तत्काल रोक लगाइएको हो।
विभागले उक्त औषधि बजारबाट तुरुन्त फिर्ता लैजान र विवरण पेश गर्न नोभा जेनेटिकाका प्रतिनिधि तथा सरोकारवालालाई निर्देशन दिएको छ। साथै, आम नागरिक र औषधि व्यवसायीहरूलाई क्लेरिथ्रोमाइसिनको प्रयोग, बिक्री र सिफारिस नगर्न अपिलसमेत गरेको छ।
टिप्पणीहरू