विकास कायम राख्न गैर कम्युनिष्ट विज्ञहरुसँग छलफल

विकास कायम राख्न गैर कम्युनिष्ट विज्ञहरुसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) केन्द्रीय समितिले देशको वर्तमान आर्थिक अवस्था र पहिलो अर्धवार्षिक समीक्षा गरेको छ । आगामी छ महिनामा सम्पन्न गर्नुपर्ने आर्थिक कार्ययोजनाबारे सुझाव लिन गैर–सिपिसी व्यक्तित्वहरूसँग विचारविमर्श गरिएको छ ।

सिसिटिभीका अनुसार अघिल्लो साता राजधानी बेइजिङमा आयोजित उक्त बैठकको अध्यक्षता सिपिसी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सि जिनपिङले गर्नुभएको थियो । बैठकलाई सम्बोधन गर्दै राष्ट्राध्यक्ष सिले वर्षको दोस्रो अर्धवार्षिकमा गर्नुपर्ने आर्थिक कार्यलाई प्रभावकारी बनाउने उपायहरूबारे प्रकाश पार्नुभएको समाचारमा जनाइएको छ ।

महासचिव सिले मुलुकको आर्थिक विकासको स्थायित्वलाई कायम राख्दै प्रगतितर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नयाँ विकास दृष्टिकोणलाई पूर्ण र सटिक रूपमा कार्यान्वयन गर्न तथा नयाँ विकास ढाँचाको स्थापनालाई तीव्रता दिनुपर्नेमा उहाँको जोड छ ।

नीतिमा निरन्तरता र स्थायित्व कायम राख्नुपर्ने उल्लेख गर्दै नीतिहरूमा लचकता र दूरदृष्टिता आवश्यक रहेको महासचिव सिको भनाइ छ । आन्तरिक खपत प्रवर्धन,प्रतिस्पर्धालाई थप बढाउने, आन्तरिक आर्थिक प्रवाह सहज बनाउने र घरेलु तथा वाह्य सर्कुलरलाई सशक्त बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

महासचिव सिले १४औँ पञ्चवर्षीय योजना (सन् २०२१–२०२५) को सफल समापन सुनिश्चित गर्न ती उपाय अवलम्बन गर्न अत्यावश्यक भएको पनि जानकारी गराउनुभएको छ ।

टिप्पणीहरू