प्रधानमन्त्री खीर खान च्यासल जाँदै
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज दिउँसो पार्टी मुख्यालय ललितपुरको च्यासल जाने कार्यक्रम तय भएको छ । उहाँ दिउँसो २ बजे बालुवाटारबाट तुलसीलाल स्मृति प्रतिष्ठानको सभाहलमा आयोजना गर्न लागिएको खीर खाने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार सो क्रममा च्यासलमा आजै एमाले साहित्य,कला तथा संस्कृति विभागले स्रष्टा भेटघाट कार्यक्रम पनि राख्दै छ । प्रधानमन्त्रीले सोही बेला स्रष्टाहरुसँग भेट्दै खीर खानुहुने छ ।
टिप्पणीहरू