तुर्कमेनिस्तानबाट फर्केर बल्ल भारत जाने तयारी
प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जान लाग्नुभएको छ । आगामी आइतबारदेखि शुक्रबारसम्म हुने प्रधानमन्त्रीको तुर्कमेनिस्तान भ्रमणको तयारी पूरा भएको जनाइएको छ । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त भ्रमण स्वीकृति गरेको थियो ।
उहाँ संयुक्त राष्ट्र संघको भूपरिवेष्ठित विकासशील मुलुकहरुको तेस्रो सम्मेलनमा भाग लिन जान लाग्नुभएको हो । उताबाट फर्केपछि प्रधानमन्त्रीले भदौको अन्तिम साता दुई दिने भारत भ्रमण गर्ने जनाइएको छ । तर, सरकारी अधिकारीहरुले हालसम्म भारत भ्रमणबारे औपचारिक रुपमा कुनै जानकारी नभएको बताएका छन् ।
टिप्पणीहरू