नयाँ विद्राेहको तयारीमा प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई परास्त गर्न नयाँ विद्रोहको आपश्यकतामाथि जोड दिनुभएको छ । अहिले पार्टी त्यसैको तयारीमा रहेको उहाँले बताउनुभयो ।
पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आज आयोजित ‘बोत्ले हत्याकाण्ड (दाेलखा)’ स्मृति समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ विद्रोहको संकल्पसहित अघि बढ्ने बाचा पनि गर्नुभयो ।
‘हामीले बल गरिरहेका छौँ, एकताबद्ध भएर प्रतिक्रियावादी षड्यन्त्र रोक्न हामीले कोसिस गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै आजसम्म जीवित रहेकोमा र नेतृत्वमा पनि भइराखेको कारणले एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं ।’
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले जनयुद्ध दिवस मनाउने आफू नेतृत्वको सरकारको निर्णयमा रोक लगाउने अदालतको आदेशप्रति आपत्ति जनाउनुभएको छ ।
‘वास्तवमा यो विषय अदालत प्रवेश गर्ने र गराउने खालको विषय नै होइन, अदालतको आदेश एक ठाउँमा छ, तर हामीले जनयुद्ध शुरु भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मानाउनेछौ’, उहाँले थप्नुभयाे ।
टिप्पणीहरू