साँझ परेपछि भारतीय राजदूत सिंहदरबारमा

साँझ परेपछि भारतीय राजदूत सिंहदरबारमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव भेटघाटका लागि सिंहदरबार पुग्नुभएको छ । उहाँ आज साँझ ५ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुग्नुभएको बताइन्छ । 

राजदूत श्रीवास्तव भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग करिब पौने घण्टा कुराकानी गरेर पौने ६ बजेतिर सिंहदरबारबाट बाहिरिनुभएको मन्त्रालय स्रोतले बतायो ।

भेटघाटबारे औपचारिक रुपमा मन्त्रालय र दूतावासले केही जानकारी दिएको छैन ।

टिप्पणीहरू