काठमाडौं आइपुगेको भोलिपल्टै किन आर्यघाट पुगे जापानी गायक ?
अघिल्लो महिना जापानको राजधानी टोकियोबाट एकाएक काठमाडौं घुम्न आएका एकजना गायक यताको अनुभव संगालेर स्वदेश फर्केका छन् । नेपालबारे साथीको कुरो सुुनेपछि घुम्न निस्केका गायक मासाफुकी तानाका मध्यरातमा काठमाडौं आइपुगेपछि भोलिपल्ट बिहानै पशुपति आर्यघाट पुगेका थिए ।
हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर छेवैको बागमती किनारमा परम्परागत धार्मिक तवरले शवको अन्त्येष्टि गरिएको दृश्यलाई उनले लामो समय नियालेपछि ‘मानव चोला’ को वास्तविकताबारे जानकारी मिलेको बताउँछन् । ‘जीवनको अन्त्य भइसकेको र अग्नीदाह हुनुअघि परिवारका सदस्य, नातेदार र मित्रहरुको बीचमा रहेर परलोक गएको क्षणले मलाई भावुक बनायो । जीवनको अन्तिम क्षणमासमेत यस्तो आत्मीयता पाउनु अहो भाग्य हो । मृत शरीरलाई ब्रम्हनालमा पखालेर रितिरिवाज अनुसार बिदाई गरेको क्षणले पनि मलाई निकै भावुक बनायो । चिताको वरपर बसेका अरुलाई पनि आगामी दिनबारे सोच्न बाध्य बनाएको निश्कर्ष निकालेँ । आर्यघाटमा सुताइएको शव र वरपरका नातेदार तथा मलामीबीच मैले मानव जातीको जीवनचक्रको असल अनुपम उदाहरण देखेँ ।’
यीलगायत उनले केही दिनको काठमाडौं बसाइका क्रममा संगालेका अनुभवबारे समेटिएको सामाग्री हेर्न र सुन्न यो लिंक प्रयोग गरौं :
टिप्पणीहरू