भारतीय पाहुना सोझै हाेटल द्वारिकातिर
भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । उनी सवार वायुसेनाको विशेष विमान बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि अहिले हाेटल द्वारिकामा पुगेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साढे १० बजे बालुवाटारमा भेट्ने कार्यक्रम छ । सोही क्रममा प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरिँदै छ ।
त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेपछि दिउँसो परराष्ट्र सचिवस्तरीय बैठक बस्नेछ । परराष्ट्रमन्त्री डा.आरजू राणा देउवासँग अपरान्ह भेटेपछि उनको सम्मानमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको तर्फबाट साँझ रात्रिभोजको आयोजना गरिँदैछ ।
सचिव मिश्री भोलि बिहान पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम छ ।
भोलि नै चिनियाँ बिदेश मन्त्री वाङ्ग यी पनि दिल्ली पुग्दैछन् ।
टिप्पणीहरू