मेयर र महानायक भिड्दै, अभिनेत्रीहरु पनि मिसिँदै
महानायक राजेश हमाल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको समूहबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ । ‘एभरेष्ट महिला भलिबल लिग’को दोस्रो संस्करणको पूर्व सन्ध्यामा महानायक र मेयरको समूहबीच भलिबल प्रतियोगिता हुन लागेको जनाइएको छ ।
महिला भलिबल लिग आगामी २० देखि २८ गतेसम्म बहुउद्देश्यीय कभर्ड हलमा हुँदैछ । तर त्यसको अघिल्लो दिन भदौ १९ गते मैत्रीपूर्ण खेल हुन लागेको हो ।
उक्त खेलमा अभिनेत्री आना शर्मा र सनिशा भट्टराई पनि सहभागी हुने छन् । महानायक हमाल र मेयर आचार्यको समूहबाट खेल्न अन्य खेलाडीहरु भने तय भइसकेको छैन । केही दिनमै अन्य खेलाडीको नाम टुंगो लाग्ने बताइएको छ ।
टिप्पणीहरू