आसामसँगको टी-२० सिरिज नेपाललाई

आसामसँगको टी-२० सिरिज नेपाललाई

भारत भ्रमणमा रहेको नेपाल 'ए'ले आसाम क्रिकेट एसोसियसनविरुद्ध भएको पाँच खेलको टी-२० सिरिज आफ्नो पक्षमा पारेको छ । आज बेलुकी सम्पन्न पाँचौ तथा निर्णायक खेलमा आसामलाई ४४ रनले हराउँदै नेपालले ३-२ ले सिरिज जितेको हो ।
जीतको लागि २ सय ९ रनको विजयी लक्ष्य पछ्याएको आसामले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रनमात्र बनाउन सक्यो । आसामको लागि भर्गाब लाकरले २९ र सहिल जैनले २५ रन बनाए । 

नेपालको लागि शेर मल्ल, आकाश चन्द र पवन सरार्फले दुई/दुई विकेट लिंदा बासिर अहमदले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपाल 'ए'ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । नेपालको लागि सन्दीप जोराले अर्धसतक पूरा गरे । उनले ३९ बलमा ६४ रन बनाए । 

बिहीबारबाट शुरू भएको सिरिजको पहिलो खेलमा नेपाल डकवर्थ लुइस पद्दतिको आधारमा १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी हुँदा चौथो खेलमा १८ रनले पराजित भएको थियो ।

टिप्पणीहरू