४८ घण्टासम्म मुख्य राजमार्ग अवरुद्ध

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड सुचारु भएको छ । अस्ति शुक्रबार इच्छाकामना नगरपालिका–६, तुइनखोलामा पहिरो खसेपछि बन्द भएको सडक भर्खरै सञ्चालनमा आएको छ । 

सडक डिभिजन कार्यालय, भरतपुरले सडकमा आवागमन सुचारु भएको जानकारी दिएको छ । पहिरो खसेर सडक अवरुद्ध भएपछि अस्ति बेलुकीदेखि यात्रुवाहक र मालवाहक सवारी साधन जाममा परेको थियो । 

सवारी चालक र यात्रुहरुहरु बीच सडकमै रोकिएपछि जिल्ला प्रशासन कार्यालय, चितवन र जिल्ला प्रहरी कार्यालयले आज संयुक्त रुपमा खाना बाँडेको जनाइएको छ ।
 

टिप्पणीहरू