नयाँ कुमारीको खोजी

नयाँ कुमारीको खोजी

काठमाडौंको कुमारी घरमा बस्दै आएकी जीवित देवी कुमारी यो वर्ष प्रतिस्थापन गर्न लागिएको छ । नयाँ कुमारी खोजीका लागि शाक्य महाविहार संघ मार्फत् विभिन्न १६ वटा बहाःमा परिपत्र गरिएको छ ।

आफ्नी छोरीलाई कुमारी बनाउन इच्छुक अभिभावकहरूलाई छोरीको नाम र जन्मकुण्डली पठाउन आजसम्मको समय अवधि तोकिएको बताइन्छ । वर्तमान कुमारी तृष्णा शाक्यको उमेर ८ वर्ष पुगेकाले रजस्वला हुनु अगावै नयाँ कुमारी प्रतिस्थापन गर्न लागिएको हो । 

नयाँ कुमारी प्रतिस्थापन कार्य बडादशैंमा गर्ने प्रचलन छ ।

टिप्पणीहरू