टस हारेर ब्याटिङमा उत्रियो विराटनगर किंग्स
नेपाल प्रिमियर लिगको आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ । प्रतिस्पर्धी टिम विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएकाे हाे।
सन्दिप लामिछानेले कप्तानी सम्हालेको विराटनगरको यो एनपिएलमा तेस्रो खेल हो । यसअघिका दुवै खेल जितिसकेको छ ।
त्यस्तै आशिफ शेख मार्की खेलाडी रहेको जनकपुर आज पहिलो जित निकाल्ने दाउमा छ । यसअघि एउटा खेल खेलेकोमा पराजित भएको थियो । आजको खेलमा जनकपुरले दुई जना खेलाडी समेत फेरेको छ ।
टिप्पणीहरू