अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । बुधबार राति भएको खेलमा नेपाल घरेलु टोली इन्डोनेसियासँग २-१ गोलले पराजित भएको हो ।

इन्डोनेसियाको मागुवोहार्जो स्टेडियममा भएको खेलमा इन्डोनेसियालाई जित दिलाउन औलिया अल माब्रुरोह र जिया युमान्डाले समान एक/एक गोल गरे । नेपालले एक गोल उपहार पाएको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल पराजित हुन पुगेको हो ।

खेलको २० औँ मिनेटमा नेपालकी बिमला विकको हेडर रोक्ने क्रममा विपक्षी डिफेन्डर भिभी ओकताभी रिस्कीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि नेपालले खेलमा अग्रता लिएको थियो ।

५८ औँ मिनेटमा कप्तान जियाले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याइन् । नौ मिनेटपछि औलियाले गोल गर्दै इन्डोनेसियालाई २-१ गोलको अग्रता दिलाएकी थिइन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि इन्डोनेसिया २-१ गोलले विजयी भएको हो ।

अब नेपालले दोस्रो खेल २ डिसेम्बरमा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।

टिप्पणीहरू