एनपिएलमा सुदूरपश्चिमको अपराजित यात्रा कायमै

एनपिएलमा सुदूरपश्चिमको अपराजित यात्रा कायमै

नेपाल प्रिमियिर लिग (एनपिएल)को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित निकालेको छ ।

प्रतियोगितमा अहिलेसम्म चार खेल खेलेको सुदूरपश्चिम सबैमा विजयी भएको हो । उसले आज लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । 

लुम्बिनीले प्रस्तुत गरेको १४४ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८ ओभर २ बलमा तीन विकेट गुमाउँदै पूरा गरेको हो । उसका लागि ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले ।  ४९ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ६९ रन बनाएका भण्डारी नटआउट रहे । 

त्यस्तै, आरिफ शेखले ३९, जोश ब्राउनले ९, क्रिस लिनले १६ र हर्मित सिंहले ७ रनको योगदान दिए । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी १८ ओभरमा अलआउट भएको थियो । 

अंक तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले आजको जितसँगै प्लेअफको सम्भावना बलियो बनाएको छ । लगातार तीन खेलमा पराजय व्यहोरेको लुम्बिनीलाई भने प्लेअफमा स्थान बनाउन कठिन हुने देखिन्छ ।

टिप्पणीहरू