तीन दिनमै १३ सयको आँखा सर्जरी

तीन दिनमै १३ सयको आँखा सर्जरी

तिलगंगा आँखा अस्पतालले अहिलेसम्मकै बृहत् आँखा शिविर गरेको छ । डा. रिता गुरुङको नेतृत्वमा बाराको निजगढमा गत पुस १४ गतेदेखि १७ गतेसम्म भएको शिविरमा झण्डै १३ सयको मोतियाबिन्दुको सर्जरी गरिएको हो । 

अस्पतालका अनुसार सिङापुरको आर्थिक सहयोगमा संचालन गरिएको शिविरमा एक हजार दुई सय ९१ जनाको मोतियाबिन्दुको सर्जरी गरिएको छ । एकै ठाउँ र छिटो समयावधिमै यति धेरैको सर्जरी भएको सम्भवतः विश्वमै बिरलै रेकर्ड भएको अस्पतालले जनाएको छ । नेपालमा बढ्दो अन्धोपनको रोकथाम र उपचारका निम्ति सन् १९९२ जुलाईमा नेपाल अन्धोपन नियन्त्रण कार्यक्रमको शुरुवात भएको थियो । 

गैरनाफामूलक संस्थाका रुपमा स्थापित तिलगंगा आँखा अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत आँखा स्वास्थ्यको उच्चस्तरीय सक्रिय सदस्यमध्ये एक हो । त्यस्तै, सन् २०१९ देखि विश्व स्वास्थ्य संगठनको नेत्र विज्ञानको सहयोगी केन्द्रका रुपमा पनि अस्पताल रहेको छ ।

टिप्पणीहरू