सामुदायिक वन उपभोक्ता समितिकाे पाँच लाख झ्वाम

सामुदायिक वन उपभोक्ता समितिकाे पाँच लाख झ्वाम

उदयपुरको त्रियुगा नगरपालिका–१, स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी भ्रष्टाचारमा तानिएका छन् । 

समितिको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष मिनाकुमारी चौधरीसहित चार जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएकामा समिति सचिव जानकीकुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र दर्तावाल लेखापरीक्षक तनुकलाल चौधरी छन् । 

उनीहरुको मिलेमतोमा समितिको पाँच लाख १५ हजार ३०२ रुपैयाँ हिनामिना भएको अख्तियारको ठहर छ । अख्तियारले उक्त रकम जफत गरी उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

टिप्पणीहरू