जुवाघर थाल्न  काठमाडौँ आइपुगे भारतीय अभिनेता सञ्जय दत्त

जुवाघर थाल्न  काठमाडौँ आइपुगे भारतीय अभिनेता सञ्जय दत्त

चर्चित बलिउड अभिनेता सञ्जय दत्त नेपाल आएका छन् । उनी आज साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । 

होटल बाराही (चार तारे)को क्यासिनाे उद्घाटनका लागि दत्त काठमाडौँ आएको बुझिएको छ । उनलाई स्वागत गर्न क्यासिनोका कर्मचारी विमानस्थल पुगेका थिए । 

आज राती होटलमा भव्य समारोहका बीच क्यासिनो उद्घाटन हुँदैछ । दत्त भोलि नै स्वदेश फर्किने बताइएको छ ।

टिप्पणीहरू