चीन बायोमेडिकल अनुसन्धानमा चम्कँदै
युरोपका चर्चित इम्युनोलोजिस्ट एन्ड्र्यु म्याकफर्सनले युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युएसटीसी) मा पूर्णकालीन रूपमा काम थालेका छन् । स्विट्जरल्यान्डको बर्न विश्वविद्यालयका प्राध्यापक तथा इन्सेलस्पिटल अस्पतालको ग्यास्ट्रोएन्टेरोलोजी विभाग प्रमुख रहिसकेका म्याकफर्सन जनवरी १ देखि आन्हुई प्रान्तस्थित हफेइमा रहेको युएसटीसीसङ्ग आबद्ध भएका हुन् ।
युएसटीसीको बायोमेडिकल साइन्सेज स्कुलका अनुसार म्युकोसल इम्युनिटीको विश्वस्तरीय विज्ञ मानिएका म्याकफर्सनको आगमनलाई चीनको बायोमेडिकल अनुसन्धान क्षेत्रमा बढ्दो अन्तर्राष्ट्रिय आकर्षणका रूपमा हेरिएको छ । यो कदमले चीनलाई अत्याधुनिक बायोमेडिकल अनुसन्धानको विश्व केन्द्र बनाउने प्रयासलाई थप बल पुगेको बताइन्छ ।
टिप्पणीहरू