विश्वको मिडियामा नमूना बन्नुपर्छ : तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा बोल्दै उहाँले नेपाली मिडियालाई दुनियाँले सुन्ने, पढ्ने र हेर्ने बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
सही सूचनालाई विश्वभर पुर्याउने काममा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने पनि उहाँले बताउनुभयो । कमी कमजोरीलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन अध्यक्ष तिमिल्सिनाले सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो ‘सही सूचनालाई दुनियाँभर पुर्याउने काममा पनि यहाँहरूको भूमिका हुनुपर्छ । अझै त्यो बढ्दै जाओस् र कमी कमजोरीलाई सच्याएर अगाडी जाओस् भन्ने कुरालाई ध्यान दिएर लानुपर्ने हुन्छ ।
मिडियामा पनि उच्चतम नमूना दिनसक्ने देश भनेर बनाउने कुरातिर पनि यहाँहरूले सोच्नु भा छ कि ? नभए नी सोचिदिनुहोला ।’
मिडियाबाट आएका समाचारहरूबाट पनि सांसदहरूले आफूलाई सुधार्ने गरेको उहाँले बताउनुभयो । संसदको गतिविधिहरूलाई जनतासमक्ष पुर्याउन पत्रकार तथा मिडियाहरूको महत्वपूर्ण भूमिका रहेको समेत अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
टिप्पणीहरू