कोरोनाले पानीजहाज पनि बन्द

कोरोनाले पानीजहाज पनि बन्द

सप्तकोशी नदीको जलयात्रा कोरोना कहरका कारण बन्द हुन पुगेको छ । स्थानीय प्रशासन र सेवा प्रदायकबीच भएको सम्झौताअनुसार कोभिड १९ को नयाँ लहरबाट यात्रु तथा पर्यटकलाई जोगाउन उक्त निर्णय लिइएको हो ।

नदीमा तीन सिट क्षमता भएका तीन,आठ सिटका दुई ,१८ सिटका एक र ७० सिट क्षमताको एक जेटबोटसहित सात वटा जल यातायातका साधन सञ्चालनमा छन् ।

नेपालको पानीजहाज भनेर प्रचार गरिएका यी जल यात्राका साधनले स्थानीय तथा वाह्य पर्यटकलाई जलविहारको आनन्द प्रदान गर्नुका साथै धनकुटा,भोजपुर र संखुवासभालगायत पहाडी भेगका बासिन्दाको लागि महँगो तर सहज यातायात सेवा पुर्याउँदै आएको छ ।

जलयात्रा गर्ने आन्तरिक पर्यटकहरूको पहिलो रोजाई बन्दै गएको उक्त सेवा कोभिड महामारीको अवस्था सामान्य बनेपछि पुनः सञ्चालनमा ल्याइने जानकारी दिइएको छ ।

टिप्पणीहरू