आज मनाङमा मस्र्याङ्दी नदी थुनियो, हिजो धेरै भौतिक क्षति
अविरल वर्षाका कारण मनाङमा मंगलबार मानवीय क्षति नभए पनि धेरै भएको बताइएको छ । वर्षापछि तिनाङ खोला, मस्र्याङ्दी लगायतका नदीहरुमा बाढी आउँदा सडक र पुलमा धेरै क्षति भएको छ ।
सुरक्षा स्रोतका अनुसार चामे गाउँपालिकास्थित तिनाङ खोलामा आएको बाढीले बेशीशहरबाट मनाङ जाने पक्की पुल बगाएको छ । अन्य स्थानका धेरै वटा काठेपुलहरु समेत बगाएको छ ।
उता नासों गाउँपालिकास्थित ताल गाउँमा मस्र्याङ्गदी नदीको बहाव बढेपछि २४ वटा घर डुबानमा परेका छन् । त्यहाँ पनि पुलहरु बगाएको छ भने मानवी क्षतिको कुनै समाचार प्राप्त नभएको बताइन्छ ।
चामे गाउँपालिकाको खहरे खोलामा आएको बाढीले डेढ दर्जन वटा घरमा क्षति पुर्याएको छ । त्यहाँबाट विस्थापित झण्डै २ सय जना स्थानीयलाई नवनिर्मित कारागार भवनमा स्थानान्तरण गरिएको छ ।
हिजो मनाङमा भएको क्षतिको बारेमा आज बिहान सहायक प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको टोलीले स्थलगत अवलोकन गरेको छ । आजै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको बैठक समेत बसेको छ ।
अविरल वर्षाको कारण आज बिहान मनाङ्गिसाङ गाउँपालिकाको नाबल र घेरुकमा गएको पहिरोले मस्र्याङ्दी नदी थुनिएको छ । हालसम्म प्रहरी प्रशासन नपुगिसकेको उक्त स्थानमा ठूला चट्टा नरहेकाले नदी धेरैबेर नथुनिने स्थानीयले बताएका छन् ।
टिप्पणीहरू