मेलम्चीमा प्रहरी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

मेलम्चीमा प्रहरी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

गत साताको भीषण बाढीपहिरो प्रभावित स्थानमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जले बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

अस्पतालबाट प्रहरी वरिष्ठ उपरीक्षक डा। सञ्जय विक्रम श्रेष्ठको नेतृत्वमा खटिएको २१ जनाको विशेषज्ञ टोलीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४, चिलौनेघारीस्थित मेलम्ची भ्याली कलेजमा शिविर सञ्चालन गरी सो क्षेत्रका १ सय ७९ जना बाढी पीडितको चेकजाँच गरी निःशुल्क औषधि वितरण गरेको हो ।

शिविरमा मानसिक रोग, ज्वरो, हातखुट्टा सुन्निएका तथा दुःखेका, पेट रोग, स्त्री तथा प्रसुती रोग, बाल रोग, दन्त रोगलगायतबाट पीडित स्थानीय वासिन्दालाई जेक जाँच गरिएको थियो । तीमध्ये ४२ जनालाई भिडियो एक्स–रे सेवा समेत प्रदान गरिएको बताइएको छ ।

टिप्पणीहरू