कम्युनिस्टमा कार्वाहीका क्रम कति हो कति !

कम्युनिस्टमा कार्वाहीका क्रम कति हो कति !

नेकपा एमाले स्थायी समितिको बैठक केही बेरअघि सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अपरान्ह बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिएमा वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूह निकटस्थ माननीयहरुलाई साँझै कारबाही गर्ने तयारी छ । नेपालको कम्युनिस्ट आन्दोलनमा नेकपा या नेकपा एमालेभित्र एक बर्षवीच योसमेत गरी कतिऔं कार्वाही हुने हो केन्द्रीय कमिटी बैठकको गणना विवाद झैं कार्वाहीको हिसाब पनि बेहिसाव हुने स्थिति छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकले एमाले सांसदहरुले पार्टीको संस्थागत निर्णयलाई पालना गर्नुपर्ने अन्यथा निर्णय गरेमा तत्काल पार्टी विधानअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

आजको संसद बैठकपछि एमालेले थप धारणा सार्वजनिक गर्ने बताउँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार जनमतबाट नभई फरक ढंगले बनेको हुँदा उसप्रति एमालेको समर्थन नहुने र पार्टी प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।

बैठकमा महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल,सुवास नेम्वाङ, माओवादीबाट आएकाहरुको नेतृत्व गर्दै रामबहादुर थापा,पृथ्वीसुब्बा गुरुङ,विष्णु रिमाल,केशव बडाल, छविलाल विश्वकर्मा,मणि थापा, लेखराज भट्ट,कार्यालय सचिव शेरबहादुर तामाङ,किरण गुरुङ,टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल,शंकर पोखरेललगायत झण्डै दुई दर्जनको उपस्थिति थियो ।

टिप्पणीहरू