जलेर चार बर्षीया बालिकाको मृत्यु

जलेर चार बर्षीया बालिकाको मृत्यु

खेलाउँदै गरेको लाइटरले गाईगोठमा आगो लागेपछि एक नाबालिकाले ज्यान गुमाउनु परेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुगाका अनुसार सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धनकुमारी खड्काको गोठमा सल्केको आगोमा जलेर मृत्यु भएको छ ।

दिउँसो १ बजे उनी ओखलढुङगा मानेभञ्ज्याङ-६ स्थित मामाघरको गाईगोठमा हातमा लाइटर बोकी खेल्दा लाइटर बलेर फुसको छानोमा आगलागी भएको थियो । सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

आगोले गोठमा रहेका २ गाई र ४ बाख्रासमेत जलेर मरेका छन् । घटनास्थलमा प्रहरी टोली अनुसन्धानको लागि गएको छ ।

टिप्पणीहरू