एमाले दुबै समूहको बैठक सकियो, अब सङ्गै बस्ने कि अलग्गिने ?

एमाले दुबै समूहको बैठक सकियो, अब सङ्गै बस्ने कि अलग्गिने ?

एमाले संस्थापन पक्षको केन्द्रीय समिति बैठक र अर्को पक्षको भेला भर्खरै सकिएको छ । अर्याल होटलमा भएको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै सभासद तथा केन्द्रीय सदस्य विरोध खतिवडाले अस्ति संसदमा भएको भोटिङदेखि आगामी दिनमा कस्तो भूमिका रहनेसम्मको छलफल भएको बताउनुभएको छ ।

उहाँले आफ्नो पक्षमा कसरी सांसद संख्या बढाउने भन्ने विषयमा समेत आन्तरिक छलफल भएको बताउनुुभयो । खतिवडाले भन्नुभयो, ‘हामी सम्वैधानिक विषयमा,सत्यको बाटोमा हिँडेका छौं । कानुनी लडाईं लड्नसमेत तयार छौं ।

त्यसैगरी भेलामा सहभागी मेटमणि चौधरीले पार्टी अध्यक्ष केपी ओलीको कारण मुलुक र पार्टी रसातलमा पुगेको बताउनुभएको छ । उहाँले आफूहरुले नयाँ पार्टी निर्माण गर्नेतर्फ पनि छलफल गरेको र संसदीय दलमा बहुमत पुगेमा ओलीविनाको एमाले गठन गर्नेतर्फ पनि सुझाव आएको जानकारी दिनुभएको छ ।त्यसैगरी,अर्की सभासद् रामकुमारी झाँक्रीले स्पष्टिकरणको सम्बन्धमा आफूहरुले अहिलेसम्म पत्र प्राप्त नगरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘पत्र प्राप्त भएको अवस्थामा पनि हामीले त्यसलाई खासै महत्व दिने छैनौं । केपी ओलीले पार्टी जोगाउन खोज्नु भएको हो भने पार्टी अध्यक्षबाट हट्नुपर्छ । त्यसबाट मात्र सबै समस्या समाधान हुन्छ ।’

उता संस्थापन पक्षका सचिव तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टिकरण सोधेको २४ घण्टा नपुगेकाले त्यसपछि मात्रै केही भन्न सकिने बताउनुभएको छ । त्यसैगरी पार्टी एकीकरणको लागि भइरहेको बताउँदै उहाँले प्रदेशको संगठनको अवस्था,संरचना,गतिविधि र पार्टीबाट कोहि बाहिरिएको अवस्थामा पुग्नसक्ने क्षतिबारे पनि बैठकमा चर्चा भएको उहाँले बताउनुभएको छ ।त्यसैगरी पार्टी नेतृत्वको सरकारले गठन गरेको भूमिआयोग विघटन गर्न लागेको सम्बन्धमा एमालेको गम्भीर ध्यानाकर्षण भएको पनि ज्ञवालीले बताउनुभयो ।

टिप्पणीहरू