भोलिदेखि राष्ट्रिय जनगणना २०७८ शुरु

भोलिदेखि राष्ट्रिय जनगणना २०७८ शुरु

राष्ट्रिय जनगणना २०७८ को मूल गणना भोलिदेखि हुँदैछ । ‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ जनगणनाको तयारी पूरा भएको छ ।

मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिँदै छन् । नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुन्छ ।

केन्द्रीय तथ्याङ्क विभागले यसअघि असार ८ गतेदेखि जनगणना गर्ने तयारी गरेको थियो । तर, कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि स्थगित भएको जनगणना भोलिदेखि हुन लागेको हो ।

टिप्पणीहरू