राष्ट्रिय परीक्षा बोर्डमा अध्यक्ष मागियो

राष्ट्रिय परीक्षा बोर्डमा अध्यक्ष मागियो

माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापनको काम गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले सार्वजनिक सूचना प्रकाशित गरी आगामी मंसिर ९ गतेभित्र दरखास्त आह्वान गरेको हो । बोर्डका तत्कालीन अध्यक्ष प्राडा चन्द्रमणि पौडेलको चार वर्षे कार्यकाल सकिएपछि गत असोजदेखि बोर्डको अध्यक्ष पद खाली छ ।बोर्ड अध्यक्ष हुनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उत्तीर्ण गरेको, दरखास्त दिंदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको, शिक्षा र प्राध्यापन क्षेत्रमा बाह्र वर्षको अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा तीन वर्षसहितको अनुभव हुनुपर्ने लगायतका योग्यता तोकिएको छ ।

दरखास्त फारम शिक्षा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी भर्न सकिने र शिक्षा मन्त्रालयमा रहेको बोर्ड अध्यक्ष सिफारिस समितिको सचिवालयमा बुझाउन सकिने छ ।

दरखास्तसँगै बोर्डको नेतृत्व सम्बन्धी अवधारणा पत्र तथा चार वर्षको व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने बताइएको छ ।

टिप्पणीहरू