निधन काठमाडौंमा, अन्त्येष्टी पोखरामा

निधन काठमाडौंमा, अन्त्येष्टी पोखरामा

साहित्यकार एवम् चर्चित कवि प्राज्ञ विजय बजिमयको आज पोखरामा अन्त्येष्टी गरिने भएको छ । २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिनुभएका बजिमयको हिजो काठमाडौंमा निधन भएको हो ।

शारीरिक रूपमा जन्मजात अशक्त भए पनि उहाँले कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएको छ ।

उहाँ सांस्कृतिक संस्थानको अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष र नेपाली लेखक संघको केन्द्रीय नेतृत्वमा रहिसक्नुभएको थियो ।

अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि जन्मथलो पोखरा लगिएको हो ।

टिप्पणीहरू