गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

महोत्तरी जिल्लाको नमुना गाउँ विकास समितिको कार्यालय, गौशालाका तत्कालीन सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । तत्कालीन सचिव नागेश्वर राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

उनी उपर १२ लाख ८६ हजार आठ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार सम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

यादवले निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्तालगायत गाविसको विभिन्न शीर्षकको रकम अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

उनलाई कानुनअनुसार कैद र बिगोबमोजिम जरिवाना मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

टिप्पणीहरू