लगन सकियो, सुनको भाउ रोकिएन

लगन सकियो, सुनको भाउ रोकिएन

मंसिर महिनामा विवाहलगायतका समारोह हुने भएकाले सुनको खपत र भाउ बढ्नुलाई स्वाभाविक मानिन्छ । तर पुस लागेपछि पनि सुनको भाउ ह्वात्तै बढ्नुलाई अचम्म मानिन्छ । त्यस्तै अचम्म आज भएको छ । आज सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ ।

महासंघले आज निर्धारण गरेको मूल्य हिजोको तुलानामा एक हजार रुपैयाँले बढी हो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ तोकिएको छ । हिजो सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

टिप्पणीहरू