भूटानी महारानी जनसेवामा समर्पित
भूटानकी महारानीले स्थानीय बालिकासँग त्यहाँको एउटा सडकमा बसेर खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । फोटो मोङगार जिल्लाको राजमार्गमा खिचिएको हो ।
यो जिल्ला राजधानी थिम्पुबाट ३ सय ८८ किलोमिटर पूर्वमा पर्छ । उक्त जिल्ला लेमन ग्रास घाँसको निम्ति निकै प्रसिध्द छ ।
महारानीले खिचेको फोटो झण्डै नौ महिना पुरानो हो । गत अप्रिलमा राजा,रानी र राजपरिवारका सदस्यहरु त्यहाँ घुम्न जाँदा खिचिएको बताइएको छ ।
टिप्पणीहरू