भारतमा कोरोना फैलियो,प्रधानमन्त्रीको यात्रा रोकियो

भारतमा कोरोना फैलियो,प्रधानमन्त्रीको यात्रा रोकियो

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण रोकिएको हो ।

गुजरात सरकारले आगामी सोमबारदेखि आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन कोभिड संक्रमण बढेको भन्दै स्थगित भएको घोषणा गरेको छ ।

दुई दिने सो सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री देउवा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो ।

सम्मेलनमा नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुने कार्यक्रम थियो ।

टिप्पणीहरू