एनएमबीद्वारा १५ दशमलब ५३ प्रतिशत लाभांश घोषणा

एनएमबीद्वारा १५ दशमलब ५३ प्रतिशत लाभांश घोषणा

एनएमबी बैंकले २६औं साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा भएको साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट लगानीकर्तालाई १२ दशमलब ५० प्रतिशत बोनस शेयर र ३ दशमलब ३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि समेत) पारित गरेको छ ।

अब बैंकको चुक्तापुँजी १८ अर्ब ३६ करोड पुग्ने भएको छ । गत असारसम्म बैंकको खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप १ सय ६६ अर्ब र कर्जा १ सय ५८ अर्ब रहेको जानकारी गराइएको छ ।

बैंकको २ सय १ वटा शाखा, १ सय ३८ वटा एटीएम र ९ विस्तारित सेवा दिँदै आएको छ ।

टिप्पणीहरू