माओवादी हेडक्वार्टरको मूलढोकामा भोटे ताल्चा

माओवादी हेडक्वार्टरको मूलढोकामा भोटे ताल्चा

नेकपा (माओवादी केन्द्र) का अधिकांश नेता र मुख्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि मुख्यालय बन्द गरिएको छ । केन्द्रीय कार्यालयमा कार्यरत लेखाप्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय,क्यान्टिन सञ्चालक सञ्जीव थापा,अंशु पुडासैनी, विनोद थापालगायतलाई कोरोना संक्रमण पुष्टि भएको भन्दै केन्द्रीय कार्यालय बन्द गरिएको हो ।

त्यही क्यान्टिनको चिया,खाजा खाएका नेताहरु,कार्यकर्ता र अन्य कतिपय कर्मचारी अहिले आइसोलेसनमा बसेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो दिउँसोबाट सबैसँगको प्रत्यक्ष भेटघाटमा रोक लगाउनुभएको छ ।

बुधबार दिउँसोदेखि हिजो बिहानसम्म उहाँ श्रीमती सीता दाहाल,छोरी गंगा र ज्वाईं तथा ठेकेदार घरबेटी शारदा अधिकारीसँगै हात्तीवन रिसोर्टमा बस्नुभएको थियो । यसबीच केन्द्रीय कार्यालय गएका अन्य नेता तथा मन्त्रीहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

टिप्पणीहरू