चुनाव घोषणासँगै राष्ट्रपति चुरेका सबै पदाधिकारी सोत्तर

चुनाव घोषणासँगै राष्ट्रपति चुरेका सबै पदाधिकारी सोत्तर

भर्खरै बालुवाटारमा बसेको क्याबिनेट बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका सबै जना पदाधिकारीलाई हटाएको छ ।

अहिलेको क्याबिनेट बैठकले समितिका छ जना पदाधिकारीलाई एकै साथ बिदा दिएको हो । यसरी हटाइएकामा अध्यक्ष डा. किरण पौड्यालदेखि सदस्य सचिव डा. महेश्वर ढकालसम्म छन् ।

सदस्यहरु कमला ओली शिवाकोटी, शशिकुमार शर्मा,डा. सुस्मिता ढकाल र भेषराज आचार्यलाई पनि आजैको मितिबाट हटाइएको छ । आजको क्याबिनेट बैठकले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति तय गरेको छ ।

टिप्पणीहरू