मेवा धेरैलाई लाभ, गर्भवतीलाई अभिषाप

मेवा धेरैलाई लाभ, गर्भवतीलाई अभिषाप

मेवाले मानिसको स्वास्थ्यमा धेरै फाइदा दिन्छ । यसले पेटदेखि लिएर आँखालाई निकै फाइदा पुर्याउने पुष्टि भइसकेको छ ।

यसमा पाइने भिटामिन ‘ए’ र एन्टिअक्सिडेन्टले आँखाको स्वास्थ्यमा हुनसक्ने समस्यालाई बेलैमा सुधार ल्याउँछ । भिटामिन ‘ए’ ले कोर्नियाको रक्षा गर्छ भने एन्टिअक्सिडेन्टले रेटिनाको सम्भावित क्षयलाई कम गर्छ । यस्तै मेवामा भिटामिन ‘सी’ र ‘ए’ का साथै फाइबर र स्वस्थ वनस्पति यौगिकहरू पनि पाइन्छ ।

यसमा पपेन नामक इन्जाइम पनि हुन्छ, जसले माशंपेशीलाई नरम बनाउन सहयोग पुर्याउँछ । मेवामा रहेको शक्तिशाली एन्टिअक्सिडेन्टले मानिसको छालालाई घामबाट हुने असरलाई न्यून तुल्याउन मद्दत गर्छ र चाउरी पर्नबाट जोगाउँछ ।

तर,अरुलाई मेवाले जति नै फाइदा गरे पनि गर्भवती महिलाको निम्ति भने यो अभिषाप हुने प्रमाणित भएको छ । नपाकेको मेवामा लेटेक्स पदार्थ हुन्छ,जसले पाठेघरको संकुचन गराउन सक्छ । मेवा वा मेवा इन्जाइमहरू कहिलेकाँही खाना पचाउनको लागि सिफारिस गरिन्छ, जुन गर्भवतीहरुको निम्ति हानिकारक हुनसक्छ ।

टिप्पणीहरू