नाफा दिलाउने मान्छे पुनः नियुक्त

नाफा दिलाउने मान्छे पुनः नियुक्त

नेपालभरका वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मुनाफा आर्जन गर्ने र कर कार्यालयलाई सबैभन्दा बढी राजस्व तिर्ने राष्ट्रिय वाणिज्य बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठलाई थप चार वर्षका लागि आज साँझ पुनः नियुक्ति दिएको छ ।

उनी पर्सि २९ गतेदेखि पदावधिको हिसाबले पदमुक्त हुँदै थिए । एकचोटिको निम्ति कार्यकुशलताका आधारमा बिनाप्रतिस्पर्धा, बिनाविज्ञापन सोही पदमा दोहो¥याउन सकिने बैंक तथा वित्तीय व्यवस्था ऐनको प्रावधानमाथि टेकेर निर्मलहरि अधिकारी अध्यक्ष तथा अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख धनिराम शर्मा, राजनबहादुर पौडेल, जनक बराल र माधव दाहाल सदस्य रहेको सात सदस्यीय (हाल दुई पद रिक्त) सञ्चालक समितिले आज यससम्बन्धी निर्णय गरेको हो । वाणिज्य बैंकले चालु आर्थिक वर्ष ५ अर्ब ४ करोड नाफा कमाएकोमा सधैं एक नम्बरमा रहँदै आएको नबिल बैंकलाई पछि पारेको हो ।

टिप्पणीहरू