छोरीकी आमा बनेकी प्रियंकाले रिबन काटिन्

छोरीकी आमा बनेकी प्रियंकाले रिबन काटिन्

नेपालमा क्रेन बेबी औपचारिक रुपमा सार्वजनिक भएको छ । क्रेन एक अमेरिकी ब्रान्ड हो । यो ह्युमिडिफायर, एयर प्युरिफाएर र अन्य घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ ।

क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप ‘क्रेन बेबी’ सार्वजनिक गरेको हो । यसमा शिशुहरुको बेडिङ्ग, नर्सरी डेकोर, प्लस टोइका साथै उत्कृष्ट बेबी आइटमहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

क्रेन बेबीका उत्पादनहरु स्टाइलिस, गुणस्तरीय र इको–फ्रेण्ड्ली रहेको कम्पनीको दाबी छ । यसले नयाँ अभिभावकहरुलाई एक सयभन्दा बढी विकल्प प्रदान गर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । ग्राहकहरुले विभिन्न छुट र उपहारको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

क्रेनका ब्राउन, बिबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डिजेआई, इनजाइजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध छन् ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्राण्ड आउटलेट, आईएमएस लिटल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको छ ।

नायिकाहरु प्रियंका कार्की, जेनिसा मोक्तान, रेनसा राई राणा र मिनिषा भट्टराईले आईएमएस लिटिल स्माइल्स शोरुम, दरबार मल, दरबारमार्गमा उद्घाटन गरेका हुन् ।

टिप्पणीहरू