डेंगु नियन्त्रणका लागि तीनै तहका सरकार जिम्मेवार नभएको मानव अधिकार आयोगको ठहर
राष्ट्रिय मानव अधिकार आयोगले डेंगु संक्रमण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसकेको भन्दै असन्तुष्टि जनाएको छ ।
डेंगु नियन्त्रणमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य नहुँदा नागरिकको जीवन जोखिममा परेको जनाउँदै आयोगले आपसी सहकार्य अघि बढाउन आग्रहसमेत गरेको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले देशव्यापी रुपमा फैलिदैँ गइरहेको डेंगु संक्रमणका कारण नागरिकको स्वास्थ्य र जीवन जोखिममा परेकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै…