स्वास्थ्य

स्वास्थ्यका ९२८ कर्मचारीको एकैचोटी बढुवा

स्वास्थ्य सेवा विभागले एकैचोटी स्वास्थ्य सेवाका ९२८ जना कर्मचारीको बढुवा गरेको छ । गत असारसम्म बढुवाका लागि आवेदन दिएका चौथो तहका कर्मचारी पाँचौँमा बढुवा भएका हुन् । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिमको प्रक्रिया र कागजात पूरा गरेका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जनाइएको छ ।  बढुवा विवरणमा कुनै त्रुटि भएमा ३५ दिनभित्र सच्याउनका लागि निवेदन दिनसमेत विभागले कर्मचारीलाई सूचित गराएको छ ।

Page 21 of 21