उनीहरु सिंहदरबार छिरे कसले रोक्ने होला ?
मुख्य नेतृत्वमाथि चौतर्फी आक्रमण हुँदासमेत कार्यकर्ता प्रतिवादमा नउत्रिएको भनी पटक–पटक आक्रोश पोख्दै आउनुभएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि रोष प्रकट गर्नुभएको छ । कात्तिक ४ गते बसेको सचिवालय बैठकमा उहाँले रिसाउँदै भन्नुभयो– ‘जम्मैले मलाई गाली गरेको गर्यै छन् तर पार्टी नै सक्रिय छैन, एउटा पनि प्रतिवादमा उत्रँदैनन् ।’
सरकार र आफ्नो विरोध गर्नेहरुलाई प्रतिवाद नगरेकोमा पार्टी पंक्तिप्रति ओलीको चित्त दुःखाइ रहँदै आएको छ । यसअघि …