प्रधानमन्त्री फेर्ने नै थियो त त्यो प्रस्ताव ?
प्रधानमन्त्री विदेश यात्रामा हुँदा देशमा पाकेको एउटा खिचडीको दृश्य जनआस्थाले फेला पारेको छ । प्रम केपी ओली डाबोस् बैठकबाट १२ गते स्वदेश फर्किनुभयो । त्यसको दुई दिनअघि, १० गते बिहान ललितपुर, झम्सिखेलस्थित एउटा अपार्टमेन्टमा पाँच जना वरिष्ठ नेता छलफलमा जुटेका थिए । बहालवाला एकजना बरिष्ठ मन्त्रीले स्विट्जरल्याण्डमै फोन गरेर प्रमलाई यस्तो खबर सुनाइदिएपछि एउटा तरंग उत्पन्न भएको कुरा अहिले बल्ल खुल्दै छ ।
प्रम ओलीले डाबोस् जानुअघि पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई ‘मन्त्रिमण्डलब…