एमाले अध्यक्षले फेक एकाउण्टको सहारा लिएको पूर्वराजाको सचिवालयको संकेत
पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको उनको संवाद सचिवालयले जनाएको छ ।
आज सचिवालयले सूचना जारी गरेर पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र बुहारी पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक सञ्जाल चलाउने नगरेको स्पष्ट पारेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रले आफ्नी बुहारीलाई अघि सारेर समाजिक सञ्जालमा आफूविरुद्ध लेखाएको आरोप लगाएको भोलिपल्टै त्यसको खण्डनमा सचिवालयले यस्तो सूचना दिएको हो । हिजोको घटन…