समाचार

संसदको जारी अधिवेशन अन्त्य

सरकारले संघीय संसद्का दुवै सदनको जारी बैठकसँगै पहिलो अधिवेशन अन्त्य गरेको छ । सरकारको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्नुभएको जनाइएको छ । गत पुस २५ गतेदेखि सुरु संसद्को २८औं बैठक र पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरिएको छ । तीन महिना २० दिन लामो संसद् अधिवेशनमा कुनै पनि विधेयक पारित भएन । जबकी संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा लिइन्छ ।

Page 1611 of 2000