काठमाडौं आएका विदेशी न्यायाधीशहरु धमाधम फर्कंदै
राजधानीमा बिहीबारदेखि हिजोसम्म आयोजित क्षेत्रीय सम्मेलनमा सहभागी छिमेकी मुलुकका न्यायाधीशहरुको टोली स्वदेश फर्केको छ । वनजंगल, संरक्षित क्षेत्र र कानुन सम्बन्धी क्षेत्रीय सम्मेलनमा भाग लिएपछि केही विदेशी पाहुना आजै स्वदेश फर्केको बताइएको छ ।
आज एयर इण्डियाको उडान नम्बर एआई २१४ मा भारतीय सर्वोच्च अदालतका न्यायाधीश मुथुसामी मीनाक्षी सुन्द्रेश नेतृत्वको टोली बिहान साढे १० बजे नयाँ दिल्ली गएको छ । टोलीमा सर्वोच्च अदालतका रजिष्ट्रार महेश तानाजी पाटनकर र न्यायाधीश पत्नी शुभा…